१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सांसद् जानकी देवीले लिनुभयाे सपथ

प्रकाशित मिति :  २२ चैत्र २०७७, आईतवार ०८:२७


काठमाडाैं  ।  नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद्‍‍मा निर्वाचित जानकी देवी रामले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो संघीय संसद् सचिवालय सिंहदरबारमा जानकी देवीलाई पद तथा गोपनियताको शपथ गराउनुभएकाे हाे ।

सांसद सानु सिवाको निधनपछि एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) बाट जानकी देवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गरेकाे थियाे । सोहीअनुसार आयोगले एमालेको रिक्त रहेको स्थानमा जानकीदेवीलाई निर्वाचित गरेको थियो ।

सांसद् सिवाको गत असोज २८ गते निधन भएकाे थियाे । त्यसपछि साे स्थान रिक्त थियो ।

समानुपातिक प्रणालीतर्फ कुनै कारणले पद रिक्त हुन गए सम्बन्धित दलबाट बुझाइएकाे समानुपातिक सूचीकाे सोहि समूहको त्यसपछिकाे क्रम संख्यामा रहेको उम्मेदवारलाई सांसद् बनाउने कानुनी व्यवस्था छ ।

याेसँगै प्रतिनिधि सभामा एमाले सांसद्काे संख्या १ सय २१ पुगेकाे छ ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !