३० बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपालको गुट भेला आज पनि

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०७:४१


काठमाडौं । नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालको गुट भेला जारी छ । उहाँले आज पनि आफ्नो गुटको स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्म गुट बनाएर जाने विषयमा आजको भेला केन्द्रित हुने छ । आज गुटको प्रशिक्षण, भेला, सम्मेलनलगायतका अभियान घोषणा गरिने बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी हित विपरित कार्य गरेको भन्दै नेपाल सहिति चार जना नेतालाई ६ महिनाको लागि निलम्बन गर्नुभएको छ । उहाँहरुको गतिविधिमा सुधार नआए बीचमै पनि थप कारबाही गर्न सक्ने गरी पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरिएको छ ।

पार्टीले निलम्बन गरेपनि उहाँका गतिविधिमा सुधार आएको छैन । उहाँ निरन्तर गुटबन्दी र पार्टी हित विपरितका काममा लागि रहनुभएको छ । पार्टी विभाजन र गुटबन्दीकै निरन्तरता स्वरुप आज दिउँसो ३ बजे उहाँले गुटको बैठक बोलाउनुभएको हो ।



प्रतिक्रिया दिनुहोस !