३१ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीद्वारा १६५ सडक सञ्‍जाल निर्माणको शुभारम्भ

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०७:०९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडक सञ्जाल निर्माणकाे एकैपटक शुभारम्भ गर्नुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयाेजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगत सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक वटाका दरले सडक निर्माणकाे शुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले स्विच थिचेर एकैपटक ती सडक निर्माणकाे शुभारम्भ गर्नुभएकाे हाे ।

सडक तीन वर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसद्हरुले सिफारिसमा सडक तय गरिएको हो ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !