१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भौतिक निर्माणमा सरकारले कायापलट गरेको छ : वसन्त नेम्वाङ

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०६:४५


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भौतिक संरचना निर्माणमा सरकारले कायापलट गरेको बताउनु भएको छ ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भौतिक निर्माणमा सरकारले अथाह उपलब्धि हासिल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले भौतिक निर्माणमा कायापलट गरेको छ, केपी ओली नेतृत्वमा सरकार बनेपछि संघीय सरकारले मात्र ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे गरेको छ, तीन वर्ष मात्र ६ सय २८ भन्दा बढी पुल निर्माण भएका छन् ।’

प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएको बताउँदै मन्त्री नेम्वाङले पछिल्लो समय नेपालमा हरेक दिन साढे ६ किलोमिटर सडक निर्माण भइरहेको बताउनुभयो ।

सरकारले ८० ओटा राष्ट्रिय राजमार्ग निर्माण गरेपनि सरकारले सबै ठाँउलाई जोड्न नसकेकाले रणनीतिक बाटोको अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।

सरकारले निर्माण गरेको बजेट र नीति अनुसार काम तिव्र गतिमा चलिरहेको बताउनुभयो । आद्यौगिक करिडोर तथा पूर्व पश्चिम राजमार्ग चौडा बनाउने काम तिव्र ढंगले अगाडि बढेको मन्त्री नेम्वाङले बताउनुभयो ।

-आईएनए न्युज एजेन्सी


0
Shares

प्रतिक्रिया दिनुहोस !