३१ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीले एकैसाथ १६५ सडक शुभारम्भ गर्दै

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०१:५९


काठमाडौं । आज एकैसाथ देशका १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ती सडकको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले प्रधानमन्त्री निवासबाटै स्वीच थिचेर ती सडकको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । देशका प्रत्येक संघीय निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले पर्ने गरी १ सय ६५ वटा सडकको एकै साथ शुभारम्भ गर्न लागिएको सडक विभागका उपमाहानिर्देशक एवं प्रवक्ता शिप्रसाद नेपालले सनराइज खबरलाई जानकारी दिनुभयो ।
-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !