१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओलीलाई अध्यक्ष नमान्ने माधव गुटको घोषणा

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार १३:५९


काठमाडौं । एमालेका निलम्वित नेता माधवकुमार नेपालको गुटले केपी शर्मा ओलीलाई अध्यक्ष नमान्ने घोषणा गरेको छ । माधवको गुटले राजधानीमा गरेको नेताहरुको भेलापछि निलम्वित नेता भीम रावलले भन्नुभयो– ‘केपी ओली अवैध अध्यक्ष हो । हामी अध्यक्ष मान्दैनौं ।’

गुटको भेलापछि सन्चारकर्मीहरुसँग बोल्दै रावलले केपी ओली आफैले आफूलाई अवैध अध्यक्ष बनाएको दावी गर्नुभयो ।

पार्टीको विधानको धारा १३ को १ मा राष्ट्रिय महाधिवेशनको आयोजना केन्द्रीय कमिटीले प्रत्येक पाँच वर्षमा गर्ने व्यवस्था गरेको जिकिर गर्दै रावलले भन्नुभयो– ‘केपी ओलीले विधानको त्यस्तो व्यवस्था विपरितमहाधिवेशन आयोजक कमिटी जुन बनाउनुभयो, त्यसको अध्यक्ष आफूलाई भन्नु भएको । त्यसैले केपी ओली अवैध अध्यक्ष हो ।’

उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गरेका निर्णय नमान्ने बताउनु भयो । साथै गुटका कायक्रमलाई निरन्तरता दिने पनि बताउनुभयो ।

गुट भेलाले गरेका निर्णयको जानकारी दिँदै रावलले केपी ओलीले पार्टीको विधान बिपरित निलम्बन गरेको हुँदा उक्त कारवाही नमान्ने निर्णय भएको बताउनुभयो । ‘नियमावली विपरित हाम्रो पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि गरिएको निलम्बनको घोर भत्र्सना गरेका छौं ।’

माधव गुटका चार जनालाई गरिएको कारवाहीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लज्जीत तुल्याएको नेता रावलले बताउनुभयो । समान्तर कमिटी बनाउने तथा गुट भेला गर्ने कार्यलाई अझ गतिशिल बनाएर लैजाने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

-आइएनए न्युज


0
Shares

प्रतिक्रिया दिनुहोस !