४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेलम्ची खानेपानीको उद्घाटन आज राष्ट्रपतिले गर्दै

प्रकाशित मिति :  २० चैत्र २०७७, शुक्रबार ०४:०५


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानीको काठमाडौंमा उद्घाटन गर्नुहुने भएको छ ।

भृकुटीमण्डपस्थित ढुङ्गेधारामा राष्ट्रपतिले खानेपानीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईका अनुसार दिउँसो दुई बजे राष्ट्रपतिले खानेपानीको धार उद्घाटन गर्ने कार्यक्रम छ ।

भृकुटीमण्डपमा खानेपानीका तीनवटा ढुङ्गेधारा बनाइएको छ । जहाँ मेलम्चिको पानी चौबीसै घण्टा झर्ने छ । राष्ट्रपतिले उद्घाटन गरेपछि ती धारा सर्वसाधारणको लागि खुल्ला गरिने छ ।

गएको आइतबारदेखि काठमाडौं आएको मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न सुरु गरिसकिएको छ । मेलम्चीको पानी आएसँगै काठमाडौंमा खानेपानीको समस्या हल हुने भएको छ ।

-आईएनए न्युज


0
Shares

प्रतिक्रिया दिनुहोस !