१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रालयहरुलाई अर्थमन्त्रीकाे आग्रह – कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्नु

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार १२:३२


काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गर्नु भएको हो ।

खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था पनि रहेको भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयाे – ‘बहुवर्षीय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्नुस ।’ सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको भन्दै उहाँले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिनुपर्ने बताउनुभयाे ।

प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वय हुनुपर्ने पनि बताउनुभयाे । उहाँले कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने पनि उहाँले बताउनुभयाे ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड-१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८-७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवालासँग छलफल गरेकाे छ । मन्त्रालयले सुझाव पनि संकलन गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !