१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा नब्युँतने, प्रचण्डको निवेदन अस्वीकृत

प्रकाशित मिति :  १९ चैत्र २०७७, बिहीबार १२:०२


काठमाडौं । तत्कालीन नेकपा ब्युँताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको पुनरावलोकन निवेदन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।

न्यायाधीशहरु चोलेन्द्र शमशेर राणा, तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले प्रचण्डको पुनरावलोकन निवेदनमा सुनुवाई नगर्ने निर्णय गरेको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन गर्न प्रचण्डले मंगलबार सर्वाेच्चमा निवेदन दर्ता गराउनुभएको थियो ।

न्यायाधीशद्धय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलाशले फागुन २३ गते तत्कालीन नेकपाको निर्वाचन आयोगमा भएको दर्ता खारेज गरेको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र पुनस्थापित भएका थिए ।

पुनरावलोकन नहुने भनेर इजलाशले आदेश दिएको सर्वोच्चको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

-आईएनए न्युज


0
Shares

प्रतिक्रिया दिनुहोस !