५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रम ओली आज पाेखरा जाँदै, यी कार्यक्रममा सहभागी हुँदै

प्रकाशित मिति :  १७ फाल्गुन २०७७, सोमबार ०४:१६


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज पाेखरा जानुहुने भएकाे छ ।

नेकपा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लाग्नुभएकाे हाे । साे अवसरमा प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुनुहुने तय भएकाे छ ।

प्रधानमन्त्री ओली सोमबार पोखरा विमानस्थलमा ओर्लिनासाथ नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि उहाँ पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुनुहुनेछ ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशाला जाने कार्यक्रम तय भएको छ । पोखरा रंगशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नुहुनेछ । उहाँलाई भव्य स्वागत गरिने तयारी भइरहेकाे  राष्ट्रिय खेलकूद परिषद्(राखेप) ले जनाएकाे छ । प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रंगशालाको विभिन्न ठाउँमा स्वागतद्धारसहित राष्ट्रिय झण्डाले रंगशाला सिंगारिएको छ ।



प्रतिक्रिया दिनुहोस !