१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनाव भए गणतन्त्र खतरामा पर्छ – देव गुरुङ

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ०८:४८


काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिलेको सरकार काम चलाउ भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद् गुरुङले सो कुरा बताउनु भएको हो । सर्वोच्च अदालतले प्रतिनिधि सभा मात्रै पुर्नस्थापित गरेको भन्दै उहाँले सरकार काम चलाउ नै रहने विगतका नजिर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालको संसदीय अभ्यास हेर्दा, ०४७ को संविधानले चार चोटी संसद् घिटन भयो, त्यतिखेर चारैपटक तत्कालीन सरकार काम चलाउमा गयो’– उहाँले भन्नुभयो । अहिलेसम्म्को अभ्यास हेर्दा कुनै पनि बेला सर्वोच्चले संसद विघटनको निर्णय सदर गर्दा होस् या बदर गर्दा, तत्कालीन सरकार काम चलाउनै रहने दाबी गुरुङले गर्नुभयो ।

‘यसपालि सर्वोच्चले प्रतिनिधि सभा बिघटन बदर गर्दा पनि सरकार काम चलाउनै छ, तर यो सरकारले काम चलाउ सरकारको रुपमा  आफूलाई अझै स्वीकारेको छैन्, सरकारले विधि पद्धति मिचेको छ, म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’– गुङले भन्नुभयो । सदनलाई बिजनेश नदिएको भन्दै उहाँले सरकारको कडा आलोचना गर्नुभयो।

सरकारले यो सदनलाई के गर्न चाहेको छ भन्ने गम्भीर प्रश्न उठेको पनि देवले बताउनुभयो ।  ‘सरकारले देशलाई मध्यावधि निर्वाचनतर्फ डोर्याएको छ, ताजा जनादेश भनेको के हो  ? संविधानले त पाँच–पाँच वर्षको चुनाव मात्र चिनेको छ, बीचमा हुने भनिएको चुनावले संविधानको मर्म र भावनामा ठेस पुग्छ’ – उहाँले भन्नुभयो । तोकिएको समय भन्दा अगाडि चुनाव भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देवले बताउनुभयो ।

सर्वाेच्चको फैसलाकै कारण नेकपा विभाजन भएको उहाँले बताउनुभयो  ।

-आईएनए न्युज


0
Shares

प्रतिक्रिया दिनुहोस !