१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश १ मा एमाले सांसद्ले लिए अविश्वास प्रस्ताव फिर्ता

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ०४:१७


काठमाडौं । संसदीय दलको निर्देशन पछि प्रदेश १ सरकार विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसद्ले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

नेकपा विभाजन नहुँदै प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसद्हरुले एमाले संसदीय दलको निर्देशन पछि मंगलबार प्रस्ताव फिर्ता लिएको पत्र प्रदेश संसद् सचिवालयमा दर्ता गराएका छन् ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध गत पुस १२ गते तत्कालीन नेकपाका ३७ जना सांसद्ले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसद्ले यस अघि नै सो प्रस्ताव फिर्ता  लिई सकेका छन् ।

प्रस्ताव फिर्ता लिनेमा भीम आचार्य लगायतका सांसद छन् । अविश्वास प्रस्ताव दर्ता गर्दा शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको थियो ।

उहाँहरुले सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएको कारण राजनीतिक परिस्थिति परिवर्तन भएकोले प्रस्ताव फिर्ता लिएको उल्लेख गर्नुभएको छ । पत्रमा भनिएको छ,‘सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई खारेज गरी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्थामाप पुर्नस्थापना गराइदिएपिछ नयाँ राजनीतिक परिस्थिति निर्माण भएकोले अविश्वासको प्रस्तावमाथि समर्थन गर्ने हामी तपसिलका प्रदेश सभा सदस्यहरुले अविश्वासको प्रस्ताव माथिको समर्थन फिर्ता लिएका छौँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !