१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज प्रतिनिधि सभा बैठक बस्दै

प्रकाशित मिति :  १८ चैत्र २०७७, बुधबार ०४:१३


काठमाडौं ।  आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस हुने छन् । त्यस्तै सभामुखबाट शोक प्रस्ताव पेस हुने कार्यतालिका समेत आजको बैठकमा रहेको छ  ।

बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकको अन्त्यमा पूर्वसांसद् एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !