१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रमकाे प्रश्न-के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका लागि सती जाने हो ?

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ११:२९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै मानिसका लागि देश सती नजाने बताउनु भएको छ ।

रिर्पोट्स क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो – ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका लागि सती जाने हो ?’ केही मान्छेले आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको बताउनुभयो । प्रचण्ड र माधव नेपालको कुण्ठा र पद लोलुपताको कारण देशको राजनीति धमिलिएको उहाँले बताउनुभयो ।

उमेरको फूर्ति नलगाउन प्रचण्डलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘प्रचण्ड जी लाई उमेर सम्झीन आग्रह गर्छु, उमेर सम्झेर छेड काट्न नखोज्नुस् ढाड मर्किन सक्छ ।’

प्रचण्ड र माधव मिलेर केटाकेटीको बेहुलाबेहुली खेल जस्तो सडकबाट नेताहरुलाई कारबाही गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘खेल सकियो, बेहुला बेहुली पनि सकियो ।’ प्रधानमन्त्री बन्न हतार गर्दा प्रचण्ड र माधव सडकमा पुगेको र नेकपाको एकता जोगिन पनि नसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आफूलाई प्रधानमन्त्री पदका बसिरहनुपर्छ भन्ने नभए पनि केही मान्छेको पदको स्वार्थका लागि प्रधानमन्त्री पद छाड्न नसकिने ओलीले बताउनुभयो । सरकार गठन भएदेखि काम गर्न नदिनको लागि प्रचण्ड र माधवले पार्टीमा भाँडभैलो मच्चाएको प्रधानमन्त्रीले बताउनुभयो ।  सरकारले नागरिक हित र विकासका पक्षमा धेरै काम गरेको बताउनुभयो । त्यही काम देखेर आत्तिएकाहरुले सरकार विरुद्ध षडयन्त्र गरिरहेका प्रधानमन्त्रीको भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !