२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छ – प्रम ओली

प्रकाशित मिति :  १७ चैत्र २०७७, मंगलवार ११:१८


.

काठमाडाैं । सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढाउने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको हाे । मंगलबार काठमाडाैंमा आयाेजित रिपोर्ट्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बाेल्दै आगामी साउन १ गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने जानकारी दिनुभएकाे हाे ।

सरकारले नागरिकका लागि काम गर्दा केही व्यक्तिले आपत्ति जनाइरहेका पनि उहाँले बताउनुभयाे ।  तर यसले केही फरक नपर्ने बताउँदै प्रधानमन्त्री  ओलीले भन्नुभयाे – ‘साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !