२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रंगशालामा प्रधानमन्त्री ‌ओली

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार १२:०९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुग्नुभएकाे छ ।

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियाेगिताकाे फाइनल खेल हेर्न प्रधानमन्त्री ओली साेमबार साँझ दशरथ रंगशाला पुग्नुभएकाे हाे । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल प्रतियाेगिताकाे उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै छन् ।

रंगशाला पुगेर प्रधानमन्त्री ओलीले खेलाडीसँग हात मिलाएर जितका लागि शुभकामना दिनुभयाे । प्रधानमन्त्री ओलीले रेफ्रिलाई फुटबल हस्तान्तरण गरेर खेलकाे औपचारिक उद्घाटन गर्नुभयाे ।

खेलाडीलाई हाैसला दिनका लागि प्रधानमन्त्री ओली रंगशाला पुग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !