२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज काठमाडौं उपत्यकामा चेकिङ कडा

प्रकाशित मिति :  १५ चैत्र २०७७, आईतवार ०७:२४


काठमाडौं । फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उपत्यकाका मुख्य चोक–चोकमा प्रहरी खटिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ । होलीमा मदिरा सेवन गरेर हुने दुर्घटना कम गर्न र अश्लिल गतिविधि रोक्न चेकिङ कडा पारिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

होहल्ला गरी हिँड्नेलाई सम्झाएर पठाउने काम भइरहेको उहाँले बताउनुभयो । उपत्यकाभर ७ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभये ।

काठमाडौं, भक्तपुर र ललितपुरबाट २ सय २३ सवारीसाधन समातिएका छन् । कागजात नमिलेका, मोटरसाइकल र स्कुटरमा दुई जनाभन्दा धेरै चढेका, हेलमेट नलगाएका र जथाभाबी हर्न बजाउनेहरुको गाडी होल्डमा राखिएको र उनीहरुलाई साँझ मात्रै छाडिने उहाँले बताउनुभयो ।

सुरक्षा व्यवस्थासँगै चेकिङ पनि कडा पारिएकाले विगत वर्षमा जस्तो मापसे गरेर सवारी हाँक्नेहरु भने नभेटिएका उहाँले बताउनुभयो । योजनाबद्ध रुपमा सुरक्षा व्यवस्था लागू गरेकै कारण आज बिहानदेखि मध्यान्हसम्म अश्लिल, अराजक र अशान्त खालका कुनैपनि गतिविधि हुन नपाएका पनि प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण जोखिमका कारण भीडभाड हुन नदिन र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन समेत प्रहरी खटिएका छन् । त्यसाे त काेराेना जाेखिमकै कारण हाेली खल्लाे देखिएकाे छ ।

कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइबुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फागुलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच  भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई सम्झाउने काम पनि भइरहेको छ । यस्तै, काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा गाडी होल्ड गरेको छ । सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ एकआपसमा रङ लगाएर फागु अर्थात हाेली पर्व मनाइँदैछ ।



प्रतिक्रिया दिनुहोस !