१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जोशीको निधनमा राष्ट्रपतिदेखि पार्टी सभापतिसम्मको शोक

प्रकाशित मिति :  १४ चैत्र २०७७, शनिबार ०६:०७


काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि कांग्रेस सभापछि शेरबहादुर देउवासम्मले शोक व्यक्त गर्नुभएको छ ।

जोशीको निधमा शोक व्यक्तग गर्दै राष्ट्रपतिले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनको खबरले दुःखी भएको बताउनुभएको छ । ‘उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ’, राष्ट्पतिको शोक सन्देशमा उल्लेख छ ।

स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा राष्ट्रपतिले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शोक व्यक्त गर्दै नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निक्कै मर्माहित भएको बताउनुभएको छ । ‘जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ’, देउवाले भन्नुभएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जोशीको निधमा शोक व्यक्त गर्नुभएको छ । पौडेलले जोशीलाई नेपाली कांग्रेसका उदियमान  नेताको संज्ञा दिनुभएको छ । ‘आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ’, पौडेलले भन्नुभएको छ ।

नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता भएको पौडेलले बताउनुभएको छ ।

कांग्रेस नेता तथा पूर्वमन्त्री जोशीको उपचारको क्रममा शुक्रबार साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । मस्तिष्कघात भएपछि अस्पताल भर्ना हुनुभएका जोशीको उपचारकै क्रममा निधन भएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !