१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदेश-१ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्धारा शपथ

प्रकाशित मिति :  १३ चैत्र २०७७, शुक्रबार ०८:२२


काठमाडाैं ।  प्रदेश-१ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गर्नुभएकाे छ ।

मुख्यमन्त्री शेरधन राईले शुक्रबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएकाे छ । दुई जना राज्यमन्त्री भने मन्त्रीमा बढुवा हुनुभएकाे छ । राज्यमन्त्रीलाई मुख्यमन्त्री राई र मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले शपथ गराउनु भएकाे हाे ।

टंक आङ्बुहाङले आर्थिक मामिला तथा योजनामन्त्रीकाे सपथ लिनु भएकाे छ । उषाकला राईले सामाजिक विकास मन्त्रीकाे सपथ लिनुभएकाे छ । कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीकाे सपथ लिनुभएकाे मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयाे ।

हाल राज्यमन्त्री रहनुभएका अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधार विकास मन्त्री र  हाल राज्यमन्त्री रहनुभएका रामबहादुर मगर कृषि तथा सहकारी मन्त्रीकाे सपथ लिनुभएकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !