१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले संसदीय दलको बैठक भोलि

प्रकाशित मिति :  १२ चैत्र २०७७, बिहीबार ०९:४६


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाउनु भएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेको महाधिवेशन, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने नेम्वाङले बताउनुभयो । आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय एमालेले गरिसकेको छ ।

माधव गुटले यसअघि बसेको संसदीय दलको बैठक बहिष्कार गरेको थियो । शुक्रबारको बैठकमा पनि सो गुट सहभागी हुने नहुने टुंगो छैन ।  माधव गुटमा रहेका भनिएका केही नेता भने यसअघिको बैठकमा सहभागी भएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !