२७ भाद्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन

प्रकाशित मिति :  १२ चैत्र २०७७, बिहीबार ०६:४१


दमौली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ। प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बारा निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनुपर्ने मन्त्री महतोले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री महतोले संघिय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिनुभयो ।

ढकालटारमा  प्राधिकरणको  ५४ रोपनी जग्गा मध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !