१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारमा पनि जाँदैनौं, अविश्वास पनि ल्याउँदैनौं – देउवा

प्रकाशित मिति :  १० चैत्र २०७७, मंगलवार ०७:१८


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेआफूहरु तत्काल सरकार नजाने बताउनु भएको छ ।

विराटनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले तत्काल  सरकारमा नजाने र सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि नल्याउने स्पष्ट पार्नुभयो ।

आफूहरु प्रमुख प्रतिपक्षी भएकाले सोही भूमिकामा नै कांग्रेस रहने उहाँले बताउनुभयो । ‘कांग्रेस अहिले प्रमुख प्रतिपक्षी भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुनै योजनामा छैन, कांग्रेसले सरकार पनि बनाउँदैन’ – देउवाले भन्नुभयो ।

वर्तमान सरकारले नै निरन्तरता पाउनुपर्ने पक्षमा आफूहरु रहेको पनि उहाँले बताउनुभयो । ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ, त्यसैले हामी यही सरकार निरन्तर चलोस् भन्ने पक्षमा छौं’– देउवाको भनाइ छ ।

अहिलेको सरकारलाई नै स्वीकार गरेर कांग्रेस अगाडि बढ्ने देउवाले प्रष्ट पार्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !