१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा ब्युँताउन माओवादी सर्वाेच्च जाने

प्रकाशित मिति :  १० चैत्र २०७७, मंगलवार ०७:१६


काठमाडौं । माओवादी केन्द्र सर्वोच्च अदालतको फागुन २३ गते गरेको फैसला विरुद्ध जाने भएको छ ।

सर्वोच्चलेसाविक नेकपा विभाजन गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । मंगलबार सिंहदरबारमा बसेको पार्टी माओवादी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय भएको स्थाई कमिटी सदस्य पम्फा भुषालले जानकारी दिनुभयो ।

एक साता भित्रै माओवादी केन्द्र पुनरावलोकनको लागि जाने नेत्री भुषालले सनराइज खबरलाई जानकारी दिनुभयो ।सर्वोच्चले गरेको फैशलाको माओवादी केन्द्रले विरोध गर्दे आएको छ ।

माओवादी केन्द्रले सरकारबाट समर्थन भने फर्ता नगर्ने भएको छ । अन्य दलहरुसँग साँठगाँठ नमिले पछि अहिले समर्थन फिर्ता गर्न अनुकुल नरहे पनि माओवादी केन्द्रले केही दिनभित्रै यो विषयमा छलफल गर्ने नेत्री भुषालले जानकारी दिनुभयो ।

स्थाई कमिटीको बैठक पुर्व माओवादीले कानुन व्यवसायीहरूशम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायतसँग छलफल गरेको थियो ।   ६० दिनभित्र पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको कानुनविद्को भनाई रहेको छ ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता विभाजन गर्ने फैसला गरेको थियो।


0
Shares

प्रतिक्रिया दिनुहोस !