२६ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दोहरो नागरिकता लिने पक्राउ

प्रकाशित मिति :  ९ चैत्र २०७७, सोमबार १५:२८


सप्तरी । दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज  पक्राउ गरेको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविराज कारागारका थुनामा पठाएको छ । जिल्ला अदालतले २०७२ वैशाख १४ गते एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने सजाय सुनाएको थियो ।

–रासस



प्रतिक्रिया दिनुहोस !