१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

फेवातालमा प्याराग्लाइडिङ खस्यो, एक सैनिक जवानको मृत्यु

प्रकाशित मिति :  ३ चैत्र २०७७, मंगलवार ०४:१८


कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा सैनिक जवान राजाराम मगर खसेका थिए ।

धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ ४:४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत रहेको बताइन्छ । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !