१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्यार्थीलाई बेमौसमी तरकारी तालिम

प्रकाशित मिति :  २७ फाल्गुन २०७७, बिहीबार ०७:५१


बझाङ । बित्थडचिर गाउँपालिकामा अवस्थित देवेश्वरी माध्यमिक विद्यालयले विद्यार्थीलाई निःशुल्क बेमौसमी तरकारी तालिम सञ्चालन गरेको छ ।

तरकारी खेतीमा विद्यार्थीलाई आर्षित गरी आत्मनिर्भर बनाउने ध्येयले सञ्चालित सो ६५ दिने तालिममा २० विद्यार्थी सहभागी रहेका नेपाल शिक्षक सङ्घ बित्थडचिरका सचिव सम्बोध मल्लले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सुदूरपश्चिमको कार्यालय धनगढीले तालिम सञ्चालनका लागि सहयोग गरेको थियो ।

तालिम शुभारम्भका अवसरमा गाउँपालिकाका अध्यक्ष प्रेम बोहारा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बोहराले विद्यार्थीलाई कृषिमा आकर्षित गराउन तालिम सञ्चालन गरिएको बताउनुभयो ।

सोही विद्यालयमा तालिम परिषद्अन्तर्गत कृषि जेटिए पनि पढाइ हुने गर्छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !