२९ असार २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जाजरकाेटमा पनि देखियाे बर्डफ्लु

प्रकाशित मिति :  २६ फाल्गुन २०७७, बुधबार १२:०२


काठमाडौं । जाजरकाेटमा पनि बर्डफ्लु राेग भेटिएकाे छ ।

जाजरकोटको भेरी नगरपालिका-३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएकाे छ । केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट नमुना परीक्षण गर्दा बर्डफ्लु रोग (H5N8) पुष्टि भएको हो ।

बर्ड फ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ ।  ३ सय ब्वायलर कुखुरा, ३ सय ३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ केजी दाना नष्ट गरिएको  विभागले जनाएकाे छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरिएकाे छ ।

यसअघि काठमाडाैंकाे तारकेश्वर नगरपालिकामा माघ १७, माघ ३० र फागुन १४ गते बर्डफ्लु देखिएकाे थियाे । सुर्खेतकाे विरेन्द्रनगर नगरपालिकामा फागुन ८ मा बर्डफ्लु देखिएको थियो ।

विभागले पक्षी पालक किसानलाई सजग रहन अनुराेध गरेकाे छ । विभागले पक्षी तथा पन्छीजन्य उत्पादनको ओसार-पसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधि अपनाउन, फार्म परिसरमा निसंक्रमण गर्न र व्यक्तिगत सफाइमा ध्यान दिन पनि विभागले आग्रह गरेकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !