१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एउटा प्रश्न, जसले माधव नेपाललाई चुप बनायो

प्रकाशित मिति :  २६ फाल्गुन २०७७, बुधबार ११:५९


काठमाडौं । यो सरकार कसको हो ? संसद् भवन नयाँ बानेश्वरको प्राङगणमा माधवकुमार नेपाललाई सञ्चारकर्मीहरुले यो प्रश्न सोधे ।

माधव नेपालसँग जवाफ थिएन । उहाँले अनकनाउँदै बोल्न खोजेजस्तो, बोल्न नखोजेजस्तो गर्नुभयो । उहाँ चुप लाग्नुभयो ।

सञ्चारकर्मीहरुको अर्काे प्रश्न थियो – ‘तपाईंहरु यो सरकारको निरन्तरताको पक्षमा हुनुहुन्छ कि हुनुहुन्न ?’ नेपालको जवाफ थियो – ‘सरकारका मान्छेहरुले मसँग कुरै गरेका छैनन् ।’

‘यो सरकार तपाईंहरुकै होइन ?’ यो भन्ने प्रश्नमा उहाँले ‘खोई मलाई थाहा छैन’ भन्ने जवाफ दिनुभयो ।

नेता नेपालले सत्तारुढ पार्टीमा रहेर पनि सरकारबारे स्पष्ट धारणा राख्न सक्नुभएन । उहाँले सञ्चारकर्मीहरुका अन्य प्रश्नको पनि स्पष्ट जवाफ दिन सक्नुभएन ।

केही समयअघि राजनीतिक रुपमा छुट्टिएर प्रचण्ड समूहमा जानुभएका नेता नेपाल पूर्ववत् पार्टीमा नै कायम हुने सर्वोच्चको आदेशपछि बाध्य भएर एमालेमै फर्कनुभएको हो ।

प्रचण्ड समूहमा रहेका अर्का नेता झलनाथ खनालले भने यही सरकारलाई दुई वर्ष टिकाउने बताउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !