१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा र प्रचण्ड समूहका सदस्य प्रतिनिधिसभाको एउटै लाइनमा

प्रकाशित मिति :  २३ फाल्गुन २०७७, आईतवार ११:४३


काठमाडौं । पार्टी फुटाएर छुट्टै समूह बनाएको प्रचण्ड समूह प्रतिनिधि सभा बैठकमा भने नेकपासँग मिसिन पुगेको छ ।

आइतबारबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा प्रचण्ड समूहका सांसद् पनि सत्ता पक्षकै नेकपाका सांसद् बसेको लाइनमा बसेका छन् । केपी ओलीले नेतृत्व गर्नुभएको सरकारको पक्षमा नरहेको बताउँदै आएको सो समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका सांसद् सत्ता पक्षकै लाइनमा बस्नु भएको छ ।

उहाँहरु सत्ता पक्षकै लाइनमा बस्नुले सरकारकै पक्षमा रहेको र सत्तारुढ दलकै सांसद् भएको कानुनतः प्रमाणित हुन्छ । यसले पार्टी नफुटेको र संसदीय दल पनि विभाजन नभएको पुष्टि गर्दछ ।

संसद् सचिवालयले समेत नेकपा फुटेको कुनै आधिकारी जानकारी नआएको कारण नेकपा सांसद्लाई बस्ने एउटै लाइन (रो) को व्यवस्था गरेको जनाएको छ । प्रचण्ड समूहले नेकपा फुटिसकेको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष र संसदीय दलका नेता केपी शर्मा ओलीलाई समेत कारबाही गरेको बताउँदै आएको छ । प्रचण्ड लगायतका सांसद् आफैले कारबाही गरेको भनिएका संसदीय दलका नेताको सत्ता पक्षको लाइनमा गएर बस्नुभएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !