१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

प्रकाशित मिति :  २३ फाल्गुन २०७७, आईतवार ११:१६


काठमाडाैं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामकाे आधिकारिकता ऋषि कट्टेलकाे पार्टीलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज कट्टेलको पक्षमा फैसला सुनाएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । नेकपा कानुनी रूपमा फुटेकाे छैन ।

सर्वाेच्चकाे फैसलाले नेकपाको एकीकरण खारेज गरेर नेकपा (एमाले) र माओवादी केन्द्रलाई पूर्ववत: रूपमा ब्युताइदिएको छ । फैसलामा लेखिएकाे छ –  ‘निर्वाचन आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

फैसलामा अगाडि लेखिएकाे छ – ‘आदेशको प्रतिलिपि साथै राखी सो को जानकारी विपक्षीहरुलाई दिनु र आदेशको विद्युतीय प्रति इन्टरनेटमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।’

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते सर्वाेच्चमा रिट दर्ता गर्नुभएकाे थियाे । तर दुई वर्षपछि मात्र साे रिटमा फैसला भएकाे छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेलले त्यसविरूद्ध रिट दायर गर्नुभएकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !