१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर काेराेना निकाे हुनेकाे संख्या वृद्धि हुँदै

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०६:२०


काठमाडाैं । नेपालमा पछिल्लाे केही दिनयता काेराेना संक्रमितकाे संख्यामा कमी आउन थालेकाे छ ।

बुधबार देशभर २८३ संक्रमित थपिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७० हजार ३७५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार गत २४ घण्टामा तीन संक्रमितले काेराेनाका कारण ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या दुई हजार २० पुगेकाे छ ।

यसैगरी हालसम्म नेपालमा २ लाख ६५ हजार ६९ संक्रमित काेराेना निकाे भएका छन् । मन्त्रालयले दिएकाे जानकारी अनुसार हालसम्म २० लाख ५७ हजार ६९ जनाकाे पीसीआर परीक्षण गरिएकाे छ ।

नेपालमा आजबाट काेराेनाविरुद्धकाे खाेप अभियान सुरु गरिएकाे छ । यसबाट काेराेना राेकथाममा सहयाेग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !