५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तागत भए अविश्वासकाे प्रस्ताव राख्नुस्, पास गर्नुस्, हटाएर देखाउनुस्-प्रम ओली

प्रकाशित मिति :  १६ फाल्गुन २०७७, आईतवार १२:१२


काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन प्रचण्ड समूहलाई चुनौती दिनुभएकाे छ ।

गृह जिल्ला झापाको कमल गाउँपालिकामा आज आयाेजित नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले साे चुनाैती दिनुभएकाे हाे । उहाँले भन्नुभयाे – ‘अविश्वासकाे प्रस्ताव राख्नुस्, पास गर्नुस्, हटाएर देखाउनुस् ।’

राजीनामा दिन प्रचण्ड समूहले हात थापेकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘तपाईंहरूले जब मुद्दा लडेर संसद् फिर्ता ल्याउनुभएकाे छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुस्, पहिले पनि अविश्वास राखेर हटाएकाे हाे म जनताबाट फर्केर आएकाे हूँ ।’ अविश्वासकाे प्रस्तावबाट हटाउन सके तीन कराेड जनताबाट दुई तिहाइ लिएर फेरि आउने उहाँले बताउनुभयाे ।

चिन्ता गर्नुपर्ने अवस्था नरहेकाे भन्दै प्रधानमन्त्री ओलीले लाेकतन्त्रलाई तलमाथि हुन नदिइने बताउनुभयाे । समय अनुसार संविधान परिमार्जन हुने तर भावना तलमाथि हुन नदिइने पनि प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयाे । आजैकै दिन ५० वर्षअघि गिरफ्तार भएकाे स्मरण गर्रदै उहाँले भन्नुभयाे – ‘यस्ता मुद्दा त कति लडियाे कति, अनेक बलिदान सहेर यहाँसम्म देश ल्याइयाे ।’

संविधान समय अनुसार परिमार्जन हुने तर भावना तलमाथि हुन नदिने प्रतिबद्धता जनाउनुभयाे । अहिले पनि देश बनाउने अभियानमै रहेकाे उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !