५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समृद्ध नेपाली सुखी नेपालीकाे नारा सुनेर केही केहीलाई छटपटी भएकाे छ-प्रम ओली

प्रकाशित मिति :  १६ फाल्गुन २०७७, आईतवार ११:१४


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताकाे शीर उचाे बनाउनेगरी काम गर्ने बताउनु भएकाे छ ।

झापाकाे कमल गाउँपालिकामा आयाेजित चीन नेपाल मैत्री औद्योगिक पार्ककाे शिलान्यास कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘तपाईंहरूकाे शिर ढड्याउनेछु, अनुहार मलिन हुन दिने छैन ।’

समृद्ध नेपाली सुखी नेपालीकाे नारा सुनेर केही केहीलाई छटपटी भएकाे बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे -‘केही मानिसहरू देशमा विकास भएकाे देखेर जलेका छन्, समृद्धि देखेर जलेका छन्, उनीहरू समृद्ध नेपाली सुखी नेपालीकाे नारा सुनेरै छट्पटिएका छन् ।’

विकास गर्न कसलाई साथ दिनुपर्छ भन्ने कुरा जनताले थाहा पाएपछि अहिले देशभर विकास भएकाे उहाँले बताउनुभयाे । ‘नेपाल अब ५ वर्षभित्र विकासशील राष्ट्र बन्नेछ, आज मात्र संयुक्त राष्ट्रसंघले नेपाल विकासशील राष्ट्रमा स्तराेन्नती भएकाे जानकारी गराएकाे छ,शान्तिकाे सूचकमा नेपाल धेरै अगाडि बढेेकाे छ ।’

देशभर भएका विकास र निर्माणका कामबाटै देश कसरी अगाडि बढिरहेकाे छ भनेर हेर्न सकिने उहाँले बताउनुभयाे । प्रधानमन्त्रीले भन्नुभयाे – ‘मैले भर्खरै कमल खाेलाकाे पुल उद्घाटन गरेर आएँ, आजै ५ वटा पुल उद्घाटन र ३१ वटा पुलकाे शिलान्यास गर्दैछाैं, याे त झापाकाे कुरा मात्र हाे, यस्ता काम त देशभर कति भइरहेका छन् कति ।’

पहिले वर्षमा १० मिटर बाटाे पिच हुने गरेकाेमा अहिले एक दिनमै ७ दशमलव ५ मिटर बाटाे पिच भइरहेकाे उहाँले बताउनुभयाे । हुम्लाबाहेक देशभरकाे बाटाे पक्की सडक सञ्जालमा जाेडिएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘आगामी वर्ष हुम्लामा पनि पिचसहितकाे बाटाे जाेडिनेछ, फुसका छाना छन् भने भन्नुस् सरकारले टिनका छाना लगाइदिन्छ, खाेलाे देखाउनुस् पुल बनाइदिन्छ,  बाटाे देखाउनुस् पिच गरिदिन्छाैं ।’

 



प्रतिक्रिया दिनुहोस !