५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रवादी नेता प्रम ओलीनै हाे-लेखराज भट्ट

प्रकाशित मिति :  १६ फाल्गुन २०७७, आईतवार १०:१९


काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएकाे छ ।

झापाकाे कमल गाउँपालिकामा आयाेजित चीन नेपाल मैत्री औद्योगिक पार्ककाे शिलान्यास कार्यक्रममा बाेल्दै मन्त्री भट्टले भारतलाई सहज हुनेखाले सरकार बनाउनुपर्ने प्रचण्डकाे भनाइप्रति आपत्ति जनाउनु भएकाे हाे ।

मन्त्री भट्टले प्रश्न गर्नुभयाे – ‘उहाँले प्रचण्ड गुट, कांग्रेस र जसपा मिलेर भारतलाई सहज हुने सरकार बनाउने भन्नुभएछ, हाेइन प्रचण्डले देशलाई कहाँ पुर्‍याउन खाेजेकाे ?’

प्रधामन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले इतिहासमा कसैले नगरेका काम गर्नुभएकाले  राष्ट्रवादी नेता  पनि उहाँ नै रहनुभएकाे मन्त्री भट्टले बताउनुभयाे । सरकारलाई काम गर्न अवराेध गर्ने पार्टीभित्रकाे प्रतिपक्ष अहिले सडकमा पुगेका भन्दै उहाँले भन्नुभयाे – सच्चिएर आए, नेकपामा ढाेका खुला छ ।’

प्रचण्डलाई लेखराजकाे प्रश्‍न – देशलाई कहाँ पुर्‍याउँन खाेजेकाे ?



प्रतिक्रिया दिनुहोस !