१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतीय कुखुराको तस्करीले नेपाल व्यवसायी चिन्तित

प्रकाशित मिति :  १४ फाल्गुन २०७७, शुक्रबार ०७:३०


भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् । मुख्य नाकामा सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा नेपाल भित्राइएको बाँके गाउँपालिका – २  कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने बताउनु भयो । दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरा व्यवसायहरु धरापमा परेका छन् ।

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पंक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा रोकलगाएको हो ।

स्थानिय व्यवसायीहरुले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया दिए पनि व्यवहारमा सहयोग नपाएको गुनासो गरेका छन् । भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ ।
प्रहरी नायब निरीक्षक विष्णु गिरी मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिएको बताउनुभयो ।
-रासस

 


0
Shares

प्रतिक्रिया दिनुहोस !