२९ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उद्याेग सञ्चालनमा भेदभाव भएकाे भन्दै फर्पिङका क्रसर व्यवसायी आन्दाेलित

प्रकाशित मिति :  १३ फाल्गुन २०७७, बिहीबार १०:५७


उद्योग सञ्चालनमा भेदभाव भएको भन्दै फर्पिङका क्रसर व्यवसायी आन्दोलित
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङका क्रसर व्यवसायी न्याय माग्दै आन्दोलनमा उत्रिएका छन् ।

बम
स्थानीय प्रशासनले खानी, ढुंगा, बालुवा लगायत क्रसर उद्योग सञ्चालन गर्न दिँदा भेदभाव गरेको भन्दै क्रसर व्यवसायी ट्रिपर चालक लगायतले बाटो बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

कानुनी मापदण्ड पूरा गरेका खानीलाई सञ्चालन गर्न नदिने तर मापदण्ड पूरा नगरेकालाई सञ्चालन गर्न दिने काम स्थानीय प्रशासनबाट भएको भन्दै उनीहरूले बाटो बन्द गरेका हुन् ।

भेदभाव नगरी खानी सञ्चालन गर्न दिनुपर्ने, होइन भने देशभरकै क्रसर उद्योग बन्द गर्नुपर्ने लगायत माग उनीहरूले राखेका छन् । आफूहरूका माग पूरा नभए अन्याय सहेर नबस्ने उनीहरूको चेतावनी छ ।

नगर प्रमुख मोहन बस्नेतले भने ट्रिपर रोकेर बाटो छेकेको भन्ने थाहा पाएको तर उपमेयर वसन्ती तामाङले यो बिषयमा कुनै जानकारी नरहेको सनराइज खबरसँग बताउनुभयो । किन आन्दोलित भए भन्ने प्रश्नमा उहाँले भन्नुभयो – ’मलाई त्यति थाहा भएन, पुलिस प्रशासनलाई सोध्नु ।’
प्रहरी निरीक्षक सुजता तुम्बाहाम्फेले आफुबाट कुनै अवरोध नभएको बताउनु भयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !