१ श्रावण २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन

प्रकाशित मिति :  ११ फाल्गुन २०७७, मंगलवार ०४:५२


.

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ ।

तेह्रथुमको इवा गाविसमा २००८ सालमा जन्मनुभएका ओलीको आज ७० औं जन्मदिन परेकाे हो । बुबा मोहनप्रसाद ओली र आमा मधुको माइला छाेराका  रूपमा ओलीकाे जन्म भएको थियो । उहाँकी आमाकाे भने निधन भइसकेकाे छ । आफ्नो ६९ औं जन्मदिन प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुममा मनाउनु भएकाे थियाे ।

नेपाली राजनीतिमा शिखर पुरूष, नेपाली युवाका ‘बा’, नेपाली जनताका सच्चा अभिभावक लगायत निक्कै ठूलाे पहिचान बनाउनु भएका ओली युवामाझ अझ बढी लाेकप्रिय हुनुहुन्छ ।

उहाँ २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएकाे थियाे । तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक रहनुभएका ओली ०७१ सालमा माधवकुमार नेपाललाई हराएर एमालेको अध्यक्ष बन्नुभएकाे थियाे ।

०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकीकरणपछि नेकपाकाे प्रथम अध्यक्ष हुनुहुन्छ ओली । प्रधानमन्त्री ओली २०७२ सालमा देशकाे प्रधानमन्त्री बन्नुभयाे । त्यसपछि २०७४ सालकाे दाेस्राे पटक प्रधानमन्त्री बन्नुभयाे ।

अघिल्लाे कार्यकालमा भारतीय नाकाबन्दीकाे डटेर सामना गर्नुभएका केपी ओलीले दाेस्राे कार्यकालमा राष्ट्रियताका पक्षमा ऐतिहासिक काम गर्नुभएकाे छ । भारतले अतिक्रमण गरेकाे नेपालकाे भूमि समेटेर नक्सा जारी गर्ने काम उहाँकै नेतृत्वमा भयाे । संविधान संशाेधन गरेर साे नक्सा अनुसूचीमा राख्ने काम पनि उहाँकै नेतृत्वमा भयाे । भूमि फिर्ताका लागि अहिले भारतसँग विभिन्न चरणमा अनाैपचारिक वार्ता चलिरहेकाे छ ।

उहाँकै कार्यकालमा नेपालले पहिलाेपटक आफ्नै जनशक्तिबाट सगरमाथाकाे उचाइ नाप्ने काम भयाे । पेट्राेलियम पाइपलाइन, लिपुलेकमा बाटाे निर्माण लगायत निक्कै धेरै काम भएकाे छ । काेराेना महामारीले नेपालसहित सिंगाे विश्व आक्रान्त भइरहेका बेला उहाँ नेतृत्वकाे सरकारले सबै नागरिकलाई निशुल्क खाेप लगाउँदै छ । तीन वर्षकाे अवधिमा यस्ता धेरै काम भएका छन् । अघिल्लाे कार्यकालमा चीनसँग पारवहन सम्झाैता गर्ने काम पनि उहाँले गर्नुभयाे ।

तर देश र जनताका लागि काम गरिरहेकै बेला आफ्नै पार्टीका नेताले अवराेध गरेपछि प्रधानमन्त्री प्रतिनिधि सभा विघटन गरेर चुनावकाे घाेषणा गर्ने कदम चाल्नुभएकाे छ । याे कुरा उहाँले हरेक भाषणमा भन्दै पनि आउनुभएकाे छ ।

प्रधानमन्त्रीलाई देश-विदेशमा रहेका नेपाली जनता, विभिन्न नेताहरू, पार्टीका कार्यकर्ता, शुभेच्छुक लगायतले शुभकामना दिएका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !