५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मूलधारमा नफर्किए प्रचण्डको राजनीति समाप्त हुन्छ-प्रम ओली

प्रकाशित मिति :  ८ फाल्गुन २०७७, शनिबार ११:२२


काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मूलधारमा नफर्किए पुष्पकमल दाहाल प्रचण्डको राजनीति समाप्त हुने बताउनु भएकाे छ ।

नेकपा प्रदेश-१ ले शनिबार विराटनगरमा गरेकाे विशाल जनसभामा बाेल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड सिद्धिने बाटाेमा हिँड्नुभएकाे बताउँनुभयाे ।

प्रधानमन्त्रीले भन्नुभयाे – ‘उहाँलाई अझै पनि फर्केर आउने बाटो खुला छ, तर उहाँ फर्किने बाटोमा हुनुहुन्न, भीरबाट लड्नेलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन, उहाँ सिद्धिने बाटोमा जानुभएको छ ।’

आफूले उद्धार गरेकै कारण प्रचण्डमा अहंकार बढेको उहाँले बताउनुभयाे । ‘२-४ सिटमा खुम्चिन लागेका, सिद्धिसकेका प्रचण्डको जुरो हालें, सिङ हालें, त्यसैले अहंकार चढ्यो, हामीलाई नै सिध्याउन थाल्नुभयो ।’

प्रचण्डकाे नियति अब असफलतातिर लागेकाे बताउँदैे उहाँले भन्नुभयाे – ‘पहिले बैद्यले छाडेपछि डाक्टरकाे साथ पाउनुभएकाे थियाे, डाक्टरले पनि छाडेपछि प्रचण्डसँग अहिले झाँक्री हुनुहुन्छ तर अब झाँक्रीले पनि प्रचण्डलाई बचाउन सक्नुहुन्न, त्यस्ताे नहाेस् ।’



प्रतिक्रिया दिनुहोस !