१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खुलामञ्‍च यसरी खाली गरियो

प्रकाशित मिति :  ५ फाल्गुन २०७७, बुधबार ०६:४१


 

काठमाडौँ : काठमाडौँको खुलामञ्च खाली गराइएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेका मानिसलाई हटाएर अबैध रुपमा बनाइएका संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

खुलामञ्च छेउमा चिनियाँ कम्पनीले आफ्नो सामान राख्‍न बनाएको संरचना भने बाँकी छ । त्यो केही समयपछि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार खुलामञ्चमा रहेका संरचना हटाएपछि अब कार्यक्रम गर्न मिल्ने गरी खुलामञ्च खाली भएको छ । अबभने खुलामञ्चको मञ्च यसअघि जस्तै गरी कार्यक्रम गर्न मिल्ने भएको छ ।

यसअघि अतिक्रमित खुलामञ्च कार पार्किङमा परिणत भएको थियो । तर अब खाली गराएपछि खुलामञ्चमा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको उनले बताए । एक हप्तामा थप सरसफाई गरेर खुलामञ्च पहिलेकै स्वरुपमा सञ्चालन गरिने सापकोटाले बताए ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !