१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ज्योती मगरजस्तै चर्चित हुँदै रामकुमारी झाँक्री

प्रकाशित मिति :  २९ माघ २०७७, बिहीबार १२:३९


काठमाडौं । जसरी भए पनि चर्चित बन्ने धन्दामा लाग्नुभएकी रामकुमारी झाँक्रीलाई चिठ्ठा परेको छ । झाँक्रीलाई प्रहरीले पक्रेको छ । पक्राउ परेपछि उहाँ सामाजिक सञ्जालमा भाइरल बन्नुभएको छ ।

जसरी पनि भाइरल बन्ने रामकुमारीको उद्देश्य हुने गरेको छ । भाइरल बन्नकै लागि रामकुमारीले मनपरी बोल्ने गर्नुभएको छ । जसरी पनि उत्तेजक, अश्लील, उग्र कुरा बोल्ने काम रामकुमारीबाट हुँदै आएको छ । रामकुमारीले चर्चित हुनकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमाचकारी र अश्लील गाली दिनुभएको थियो । मनपरी बोलेर अरुको चरित्र हत्या गरेको अभियोगमा रामकुमारीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार रामकुमारीलाई वयान दिन सम्मान साथ बोलाइएको थियो । तर, रामकुमारीले म आउँदिन, घरबाटै पक्रेर लानुस् भन्नुभएको थियो । आज बिहान प्रहरीले रामकुमारीलाई ‘हजुर आइदिनुपर्यो’ भन्दै फोन गरेको थियो ।

रामकुमारीले म लुगा फेरेर बस्छु, तपाईंहरुले लिन आउनुपर्यो । मलाई गिरफ्तार गरिदिनुपर्यो भन्नुभयो । प्रहरी भन्छ– हामी पुग्दा रामकुमारीले मिडियाको मेला लगाइसक्नुभएको रहेछ, कार्यकर्ता पनि टन्नै बोलाउनुभएको रहेछ । उहाँले आफ्नो मार्केटिङ गर्ने उद्देश्य राख्नुभएको रहेछ ।

रामकुमारीले तहल्का मच्चाउने उद्देश्यले घरभित्र प्रहरीलाई पस्न दिनुभएन । घर बाहिर नारावाजी गराउनुभयो । मिडियामा लाइभ गरिमाग्नुभयो । तहल्का मच्चाइसकेपछि रामकुमारीले माइक मगाउनुभयो । मज्जासँग भाषण दिएर गिरफ्तारी दिनुभयो ।

चर्चित बन्ने र तहल्का मच्चाउने रामुकमारीको ट्रिक देखेर सबै चकित भएका छन् ।

बुधबार प्रचण्ड समूहको आमसभामा पनि रामकुमारीले रमिता देखाएर चर्चा बटुल्नुभएको थियो । टिकटकको फण्डामा सक्रिय रामकुमारीले टिकटक शैलीमै आमसभामा चर्चित हुने प्रयास गर्नुभयो । उहाँले आमसभाको माइकमा पुगेपछि माथिको लुगा फुकाल्नुभयो । मास्क खोल्नुभयो । मास्कभित्र मुखमा टेप लगाउनुभएको रहेछ । टेप खोल्नुभयो र बोल्न पाइन्छ भन्दै भाषण दिन थाल्नुभयो ।

रामकुमारीको यो ट्रिकले पनि काम गर्यो ।उहाँ चर्चित हुनुभयो । चर्चित हुन रामकुमारीले बारम्बार गर्ने फण्डाले नेपाली राजनीतिमा भने प्रदूषण फैलिएको छ ।

कतिपयले रामकुमारीलाई गायन तथा नृत्य क्षेत्रकी चर्चित कलाकार ज्योती मगरसँग तुलना गर्ने गरेका छन् । लोक कलाकार ज्योती मगर युवापुस्ता माझ लोकप्रिय हुनुहुन्छ । रामकुमारीलाई पनि राजनीतिकी ज्योती मगर भन्न थालिएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !