१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णाली प्रदेशले ९२ करोड रुपैयाँमा ९७ आयोजना निर्माण गर्दै

प्रकाशित मिति :  २७ माघ २०७७, मंगलवार ०६:३१


सुर्खेत । पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले ९२ करोड ३७ लाख रुपैयाँ बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ ।

निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ ।  प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र  दुई झोलुङ्गे पुल निर्माण गर्न थालिएको पूर्वाधार निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो ।
‘आगामी असार मसान्तसम्म हामीले सुर्खेत जिल्लामा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएका छौंँ’, निर्देशक पौडेलले भन्नुभयो, ‘७० किलोमिटर सडकमा नाली बनाउने, ग्राभेलिङ गर्ने र बाटोको स्तरवृद्धि हुने छ ।’ अहिले जाडो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले आगामी फागुनदेखि धमाधम काम हुने बताइएको छ ।

निर्देशक पौडेलका अनुसार चालु आव २०७७/०७८ भित्रै ५० किमी नयाँ साधारण मार्ग खोलिने र  जनता आवास कार्यक्रमअन्तर्गत ५०० घर निर्माण हुनेछन् । निर्देशनालयले निर्देशित कार्यतालिकानुसार काम अघि बढेको जनाउँदै लक्ष्यबमोजिम आयोजना सम्पन्न हुने जिकिर गरेको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !