४ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको मूल्य तोलामा २०० ले घट्यो

प्रकाशित मिति :  २६ माघ २०७७, सोमबार ०५:४५


काठमाडाैं । स्थानीय बजारमा आज सुनकाे मूल्य तोलामा दुई सय रुपैयाँ ले घटेको छ । छापावाला सुन तोलामा ९० हजार चार सय रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा दुई सय रुपैयाँले घटेको छ । ९० हजार एक सय ५० रुपैयाँमा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार नाै सय ५० रुपैायाँ मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । एक हजार तीन सय दश रुपैयाँमा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार तीन सय १५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !