५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मकवानपुरगढीमा ट्र्याक्टरको ठक्करबाट वृद्धको निधन

प्रकाशित मिति :  २४ माघ २०७७, शनिबार ०९:२७


मकवानपुर । मकवानपुरगढीमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धको निधन भएको छ । निधन हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उहाँको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !