५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले पाँच लाख कोराना विरुद्धका खोप अनुदानस्वरुप उपलब्ध गराउने

प्रकाशित मिति :  २४ माघ २०७७, शनिबार ०७:०७


काठमाडाैं । चीनले काेराेना विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उहाँका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गर्नुभएको गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गर्नुभएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !