१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओलीको आजको भाषणले तहल्का मच्चाउने, यस्ता रहस्य खोल्ने

प्रकाशित मिति :  २३ माघ २०७७, शुक्रबार ०३:००


काठमाडौं । आज केपी ओलीले देश थर्काउने, जगाउने र उठाउने भाषण गर्दै हुनुहुन्छ । प्रचण्ड समुहका नेता सुरेन्द्र पाण्डेका अनुसार आज ओलीले हिन्दू राष्ट्र घोषणा गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओलीले आज हिन्दू राष्ट्र घोषणा गर्नुहुने छैन । तर, विगतका भाषणहरुमा जस्तै नेपाली संस्कृति, इतिहास, पुर्खाको गौरवको बारेमा भने बोल्नुहुनेछ ।

सत्तारुढ नेकपाका नेताहरुका अनुसार आज ओलीले धेरैवटा रहस्य खोल्दै हुनुहुन्छ । खासगरी प्रचण्ड र माधव नेपालको अहिलेसम्म नखुलेका केही अनौठा तथ्यहरु ओलीले आज लाखौं मानिसलाई साक्षी राखेर खोल्दै हुनुहुन्छ । प्रचण्डको हत्यारा विगत र भविष्यका बारेमा पनि ओलीले बोल्नुहुने बताइएको छ । प्रचण्ड र माधव पदका लागि कति मरिहत्ते गर्नुहुन्छ, पदका लागि कसरी उहाँहरुले पार्टी फुटाउनुभयो भन्ने अनेकौं तथ्य ओलीले खोल्न लाग्नुभएको हो ।

आज ओलीले देशको भविष्यको मार्गचित्र पनि बताउनुहुने भएको छ । प्रचण्ड पक्षले देशमा राजनीतिक अन्यौल र अस्थिरता बढाउँदै लगेको बेला ओलीले राजनीतिक स्थिरता र शान्तिको सन्देश दिँदै देशमा आशा, उत्साह र एकता बढाउनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आजबाट भ्रष्टाचार विरोधी अभियान पनि घोषणा गर्नुहुने भएको छ । आफ्नो कार्यकालमा दर्जनौं भ्रष्ट नेताहरुलाई जेल हाल्ने ओलीको योजना थियो । तर, प्रचण्ड र माधवले भ्रष्टाचारीलाई कारवाही गर्न बाधा दिनुभएको थियो । आजबाट भने ओलीले भ्रष्टलाई जेल हाल्ने अभियानको प्रष्टै संकेत गर्नुहुने भएको छ ।

‘आज केपी ओलीले महान भण्डाफोर गर्नुहुन्छ, आजबाट प्रचण्ड र माधव समूहको दिन सकियो, आजबाट मूलधार र मूलघर ओली पक्ष नै हो भन्ने तथ्य स्थापित हुनेछ’– ओली निकट नेताहरुको भनाई छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !