१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा बृहत् खानेपानी आयोजना सुरु हुँदै

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ०३:५६


खलङ्गा । कर्णालीमा बृहत् खानेपानी आयोजना सुरु हुने भएको छ । जुम्ला, मुगु र कालीकोटमा सो खानेपानी आयोजना सरकारले अघि बढाएको छ ।
सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले धौलीघाट खानेपानी, कालीकोटको चुलिमालिका खानेपानी आयोजना र मुगु सोरुकोट बृहत खानेपानीबाट यहाँका ८३ हजार जनसङ्ख्या लाभ हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख महेश न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कालीकोट र मुगुको आयोजना ठेक्का प्रक्रिया भई कामको सम्झौता भइसकेको छ ।’

जुम्लाको धौलीघाट खानेपानी आयोजना पनि ठेक्काको तयारीमा रहेको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । कालीकोटको चुलिमालिका खानेपानी आयोजनाको ठेक्का सम्झौता भइसकेको छ ।

धौलीघाट ठेक्का प्रक्रियामा

कर्णाली प्रदेशमा बृहत आयोजना मानिने जुम्लाको धौलीघाट खानेपानी आयोजनाको ठेक्का प्रक्रियामा रहेको छ । सरकारले दुई अर्ब २५ करोड रुपैयाँ बजेट यसअघि नै विनियोजन गरे पनि स्थानीयस्तरमा एक प्रतिशत बजेट जम्मा गर्न नसकेपछि लामो समय लागेको र सो परियोजना एक दशकपछि अघि बढ्ने भएको छ । यहाँको चन्दननाथ नगरपालिका, तातोपानी र गुठिचौर गाउँपालिकाका करिब ५८ हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले जनाएको छ ।

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !