१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उमाकुण्डका सबै बस्तीमा विद्युत सेवा पुग्दै

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०५:४३


काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाका सबै बस्तीमा विद्युत सेवा पुग्ने भएको छ । सो गाउँपालिकामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।

जिल्लाको सबैभन्दा दुर्गममा रहेको सो गाउँपालिकामा एसियाली विकास बैँकका आर्थिक सहयोगमा विद्युतीकरणको काम भइरहेको छ । सो गाउँपालिकाका केही वडामा विद्युतीकरणका काम सम्पन्न भइसकेको छ । बाँकी रहेका वडामा पनि पोल गाड्ने तथा तार तान्ने काम भइरहेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

सो गाउँपालिकाका सबै बस्तीमा यस अघि नै विद्युतीकरणको काम सम्पन्न भइसक्नु पर्ने भए पनि निर्माण व्यवसायीले काममा गरेको ढिलाइको कारण विद्युतीकरणमा केही ढिलो भएको हो ।

विद्युतीकरण नहुँदा उमाकुण्डका कतिपय बस्ती अहिले पनि टुकीको भरमा छन् । कतिपय बस्तीमा लघुजलविद्युत आयोजनाबाट वितरण गरिएका धिपधिपे बत्ती छन् । विद्युत नहुँदा स्थानीयलाई मोबाइल चार्ज गर्न समेत टाढाका बस्तीमा धाउनु पर्ने वाध्यता रहेको छ ।

रामेछाप जिल्लाका अन्य सबै गाउँपालिकामा विद्युतीकरण भइसकेको छ । उमाकुण्डमा विद्युतीकरणको काम सम्पन्न भएपछि रामेछाप जिल्ला पूर्णरुपमा उज्यालो हुने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !