१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पिङ्खुरीमा बन्यो सुविधा सम्पन्न विद्यालय

प्रकाशित मिति :  २० माघ २०७७, मंगलवार ०५:३२


काठमाडौं । भूकम्पले क्षति पुर्‍याएको रामेछापको पिङ्खुरीमा सुविधा सम्पन्न विद्यालय भवन बनेको छ । नयाँ विद्यालय भवन आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

एसियाली विकास बैँकको सहयोगमा जिल्ला कार्यक्रम कार्यन्वयन इकाइ शिक्षा मार्फत विद्यालय भवन बनेको हो । भवन ८ करोड ८५ लाख रुपैँयाको लागतमा बनेको हो । गत भदौमा नै निर्माण सम्पन्न भए पनि कोरोना संक्रमणको कारण विद्यालय हस्तान्तरणको काममा ढिलाई भएको थियो ।

विद्यालय व्यवस्थापन समतिका अध्यक्ष पाल्देन लामाको अध्यक्षतामा भएको विद्यालय हस्तान्तरण कार्यक्रम खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । हस्तान्तरण कार्यक्रमको गाउँपालिका अध्यक्ष तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालयले अत्याधुनिक भवन पाएसँगै शिक्षाको गुणस्तरमा पनि जोड दिनु पर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गाउँपालिकाले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रको लागि विनियोजन गरेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारको लागि शिक्षक, अभिभावक, विद्यार्थी एक भएर लाग्नु पर्ने बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !