१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुलीको घ्याङलेखमा पाँच शय्याको अस्पताल

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०८:५५


काठमाडौं। सिन्धुली जिल्लाकोे घ्याङलेख गाउँपालिकामा पाँच शैय्याको अस्पताल संचालनमा आएको छ । सो गाउँपालिकामा पहिलो पटक अस्पताल सञ्चालनमा आएको हो ।

मेडिकल अधिकृत सहित स्वास्थ्यकर्मी भएको अस्पताल वडा नं २ डुम्रेमा सञ्चालनमा आएको हो । प्रदेश सरकारको सहयोग १० लाख रुपैँया र गाउँपालिकाको व्यवस्थापनमा अस्पताल संचालनमा आएको हो ।
सिन्धुली जिल्लाकै दुर्गम पालिकाको रुपमा रहेको घ्याङलेखमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा समान्य बिरामीलाई समेत जिल्ला सदरमुकाम तथा बाहिर लैजानु पर्ने बाध्यता थियो । सरकारले हरेक गाउँपालिकामा कम्तीमा १५ शय्याको अस्पताल संचालनमा ल्याउने नीति बनाएपछि सो स्थानमा पाँच शय्याको अस्पताल सञ्चालनमा आएको हो ।

गाउँपालिकाले करार सेवामा एक जना डाक्टर, एक जना हेल्थ असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीको व्यवस्था गरी अस्पतालमा ओपीडी सेवा, ल्याव तथा प्रसुती सेवा संचालनमा ल्याइएको छ । यस अघि स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मीले समेत सोही अस्पतालबाट सेवा दिन लागेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !