१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इटहरीका अपाङ्गता भएका र बालबालिकालाई निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति :  १८ माघ २०७७, आईतवार ११:३१


काठमाडौं । इटहरी उपमहानगर पालिकाका अपाङ्गता भएका र बालबालिकालाई एक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आइतबारबाट सञ्चालन हुने शिविर माघ २७ गतेसम्म  सञ्चालन हुने छ । अपाङ्गता रोकथाम तथा  पुर्नस्थापना कार्यक्रम अन्तर्गत   शिविर सञ्चालन हुन लागेको हो ।

इटहरी उपमहानगरपालिका, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालनमा छ ।

माघ १८ गते वडा नं २ को पूराणचौकमा, माघ १९ गते वडा नं ३ को स्वास्थ्य क्लिनिकमा, माघ २० गते वडा नं ५,७ र ८ का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नं ४, ६ र ९ का लागि इटहरी अस्पतालमा निःशुल्क शिविर हुनेछ ।

यसैगरी माघ २२ गते वडा नं १०, ११ र १२ का लागि र माघ २३ गते वडा नं १३ र १४ का लागि खनार स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएको छ ।

माघ २५ गते वडा नं १७ र १८ को लागि पकली स्वास्थ्य चौकीमा, माघ २६ गते वडा नं १५ र १६ का लागि एकम्बा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नं १, १९ र २० का लागि २० नं वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, पोषण जाँच र परामर्श दिइने छ ।



प्रतिक्रिया दिनुहोस !